

चालु आर्थिक वर्षको पहिलो सात महिनामा सुदूरपश्चिम प्रदेशमा ३२७ सवारीसाधन दुर्घटनामा परेको छ । सो दुर्घटनामा ८६ पुरुष, १९ महिला र आठ बालबालिका गरी कुल ११३ जनाले ज्यान गुमाएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका अनुसार सो अवधिमा दुर्घटनामा १८३ पुरुष, ३४ महिला र २५ बालबालिका गरी कुल २४४ जना गम्भीर घाइते तथा २७८ पुरुष, ६६ महिला र २५ बालबालिका गरी कुल ३६९ जना समान्य घाइते भएका छन् । त्यस्तै सो अवधिमा दुर्घटनामा परेर प्रदेशभर २७ चौपायाको मृत्यु र सात घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले दुर्घटनाका प्रमुख कारण तीव्रगति, ओभरटेक, चालक निदाउँदा, मोबाइलको प्रयोग र मापसे रहेको जानकारी दिनुभयो । दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको उल्लङ्घन नै देखिएको उहाँको भनाइ छ । पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर, यान्त्रिक गडिबडीका कारण पनि दुर्घटना बढेको बताइएको छ ।
यसैगरी सवारी साधनमा झुण्डिएर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकाल्ने र जथाभावी बाटो काटने तथा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि दुर्घटना बढेको उहाँको भनाइ छ । सडकमा देखिएको खाल्टाखुल्टी, घुम्तीमोड, उकाला,ओरालो, जीर्ण कच्ची सडकका कारण पनि दुर्घटना हुने गरेको चालक बताउँछन् ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नियमित चेकसँगै जनचेतनामूलक सन्देश दिँदै आइरहेको भएपनि दुर्घटनामा कमि ल्याउन नसकेको प्रहरी निरीक्षक सिंहको भनाइ छ ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
मतदाता शिक्षाका लागि नमूना मतदान
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७