TRENDING
होमपेज
झ्याल ढोका थुनेर बस्दा निस्सासिएर चार जनाको मृत्यु


कर्णाली । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट आज घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
शनिबार बेलुका सूचना पाउने वित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक कल्पाका श्रीमान् कृष्ण बुढा जाजरकोटबाट आउँदै गरेकाले चारै जनाको शव परीक्षण हुन सकेको छैन ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
साउन ३०, २०७९
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैशाख १५, २०७९
बैतडीमा कोरोना संक्रमण शून्य
चैत्र ४, २०७८
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
फाल्गुन २१, २०७८
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७