TRENDING

झोलाका निर्देशक भट्टराईद्धारा निर्देशित गीति चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकियो

काठमाडौं । गीति चलचित्र ‘कठै म त कठै’ को छायाङ्कन सकिएको छ । महिला हिंसा र बलात्कारविरुद्ध आवाज उठाएको यस गीति चलचित्रमा यादव भट्टराईको निर्देशन रहेको छ ।

महानायक राजेश हमालको मुख्य भुमिका रहेको चलचित्रमा सुनिशा बजगाईं, उमेश खड्का, लक्ष्मी गिरी र सरिता गिरीको मुख्य अभिनय रहेको छ । चलचित्रमा खुमन अधिकारी, देवी घर्ती र शान्तिश्री परियारले स्वर दिएका छन् ।

भट्टराईको निर्देशनमा बनेको सतिप्रथामा आधारित फिल्म झोलाले जस्तै यसले पनि आम मानिसको मन जित्नेमा निर्माण पक्ष निश्चिन्त रहेको छ ।