TRENDING

सिवाकोटीको नयाँ गीत ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक राजनराज सिवाकोटीको नयाँ गीत ‘तिम्ले देको गलबन्दी’ सार्वजनिक भएको छ ।

बिनोद बन्जारा र सिवाकोटीको शब्द रहेको गीतमा स्वर र संगीत पनि सिवाकोटीले नै भरेका हुन् ।

सार्वजनिक प्रेमिल गीतमा अभिनेत्री मलिका महत र अभिनेता कुशाङ बोम्जनको अभिनय देख्न सकिन्छ । रिलिज गीतको भिडियो राजेश पुमा राईले निर्देशन गरेका हुन् ।