TRENDING

भौतिक शाष्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन बैज्ञानिकलाई दिइने

काठमाडौं । यसवर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार जर्मनी, जापान र इटालीका तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा भएको छ ।

रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सन मंगलबार यसबारे घोषणा गर्दै जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय भएको बताए ।

पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययनबारे मानाबे र क्लाउसलाई र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने निर्णय भएको हो ।

गतवर्ष कालोछिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई यही विधामा नोबेल पुरस्कार दिइएको थियो ।

news