

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ३ जनाको मृत्यू भएको छ भने अन्य २४ जना घाइते भएका छन् ।
प्राप्त विवरण अनुसार मृत्यू हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ । सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
घाइतेहरु २० जनाको चितवनमा उपचार भइरहेको छ ।
आज बिहान करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ जानका लागि गुडेको ना ६ ख ७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२- ००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस १० फिट तल खोल्सामा खसेको थियो ।
दुर्घटनामा घाइतेको अवस्था कस्तो छ :
- झापा बाहुनडागीका १६ वर्षीय पारस ढकाल -हात र खुट्टामा चोट, सामान्य ।
- मोरङ विराटनगर महानगरपालिका -३ का २१ वर्षाया पूजा रेग्मी – हात र खुट्टामा चोट (डिष्चार्ज)
- विराटनगर महानगरपालिका -३ का २१ वर्षीय सरोज पोखरेल -हात र खुट्टामा चोट (डिष्चार्ज)
- कैलालीकी १६ वर्षीया रोशनी अधिकारी, शरीरमा चोट, सामान्य
- कन्चनपुर भीमदत्त नगरपालिका -१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, सामान्य
- जुम्लाको तिला गाउँपालिक -४ का २६ वर्षीय चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, सामान्य
- जुम्लाको तिला गाउँपालिका -४ का ३३ वर्षीय टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर
- बस चालक कन्चनपुरको भीमदत्त नगरपालिका -४ का ४२ वर्षीय लालवीर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
- रुपन्देहीका २८ वर्षीय सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
- बर्दिया बाँसगढी नगरपालिका -८ का ८२ वर्षीय डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर
- झापाका ३६ वर्षीय मनकुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्य
- कन्चनपुरको झलारीका २६ वर्षीया उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम
- ट्रक चालक प्युठानका २७ वर्षीय अमृतसिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम
- सुर्खेत वीरेन्द्रनगर नगरपालिका -४ का ४० वर्षीय रामबहादुर थापा, हात र खुट्टामा चोट, सामान्य
- हुप्सेकोट -३ नवलपुरका २६ वर्षीया सबिना लिम्बु, खुट्टामा चोट, सामान्य
- हुप्सेकोट – ३ नवलपुरका २ वर्षीय बालक जोशन सारु मगर, टाउकोमा चोट, सामान्य
- पुरानो बेलहानी नवलपुरका १८ वर्षीया गंगा ओली, छाती र पेटमा चोट, सामान्य
- कन्चनपुरका ३२ वर्षीय चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर
- सुर्खेत वीरेन्द्रनगर नगरपालिका -७ का ४२ वर्षीय मनकुमार थापा, ढाड र छातीमा चोट, मध्यम
- महोत्तरी बर्दिवास -७ का २३ वर्षीय रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७