

सुर्खेत । जाजरकोटको भेरी नगरपालिकाका ९२० बालबालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका छन् । एनआईसी बैंक जाजरकोट शाखा र नगरपालिकाको लापरबाहीका कारण बालबालिकाहरु पोषण भत्ता पाउनबाट वन्चित भएका हुन् ।
नगरको वडा नम्बर ४ का १ सय ३९, वडा नम्बर ८ का २ सय ६३, वडा नम्बर ९ का २ सय १० र वडा नम्बर १० का ३ सय ८ जना गरी कुल ९ सय २० बालबालिकाले आर्थिक बर्ष २०७७/७८ मा पाउनुपर्ने पोषणभत्ताको रकम ४७ लाख रुपैयाँ फ्रिज भएको हो । सरकारले कर्णालीमा ५ वर्षमुनिका बालबालिकालाई पोषणमा सुधार ल्याउने उद्देश्यले पोषण भत्ता दिदै आएको छ । मासिक ४ सय का दरले प्रति बालबालिकाले वर्षको चार हजार ८ सय रुपैयाँ पाउने गरेका थिए ।
गत असार २९ गते नै चेक काटेर सबै डकुमेन्टसहित रकम जम्माका लागि एनआईसी बैंकमा पठाएको नगरपालिकाले जनाएको छ । आर्थिक वर्षको अन्त्यमा काटेको चेक १५ दिन भित्र नसाटिए त्यो चेक स्वतः रद्द हुने व्यवस्था छ । चेक साट्ने अन्तिम मिति साउन १२ गते सम्म थियो । रकम फ्रिज भएको सम्बन्धमा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले बैंक दोषि रहेको बताएका छन् भने कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटका प्रमुख नरेश भट्टले भने बालवालिका पोषण भत्ताबाट बञ्चित हुनुमा सम्बन्धित निकाय सबैको गल्ती भएको बताएका छन् ।
पञ्जीकरण विभागले असारको अन्तमा नगरपालिकालाई सामाजिक सुरक्षा भत्ता पठाउनु, नगरपालिकाले खाताको सुनिश्चितता नगर्नु, बैंकले खाता भए/नभएको ख्याल नगरी चेक बुझ्नु सबैको गल्ती भएको भट्टको भनाई छ ।
यस सम्बन्धमा एनआइसी एसिया बैंकका केन्द्रीय उपमुख्य सूचना अधिकारी अरुण राई हानियाले भने बैंकको सामान्य प्राविधिक कमजोरी भएको र यस विषयमा नगरपालिकाका मेयर संग आफनो निरन्तर छलफल भइरहेको बताएका छन् । सम्बन्धित सरोकारवालाहरुसँगको छलफल निरन्तर भइरहेको र केहि दिनमै समस्या समाधान हुने समेत हानियाको भनाई छ ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७