TRENDING

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। पाँच दलीय गठबन्धनको बैठक ९ बजेदेखि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु छलफलमा छन् ।

बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा विजय पौडेल सहभागी छन् । बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला पनि सहभागी छन् । नेकपा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्छ।