TRENDING

यूनाइटेड सिमेन्ट्सले पायो नेपालकै सर्वोत्कृष्ट ग्रेडको प्रमाण

काठमाडौं । यूनाइटेड सिमेन्ट्स प्रा. लि. द्वारा उत्पादित “यूनाइटेड सिमेन्ट्स” ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ।

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरु मध्ये सबै भन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरे संगै यूनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठुलो फड्को मारेको बताइएको छ। ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो।

नेपालमा मात्र नभई विदेशका ठुला संरचनाहरुमा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुदै आएको छ। पारिवारिक घर निर्माण सहित गगन चुम्बी महल देखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु , बाटो निर्माण लगायतमा समेत यो सिमेन्ट ढुक्क संग प्रयोग गर्न सकिने बताइएको छ ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ६ वर्ष देखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको दाबी कम्पनिले गरेको छ। ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउनेमा आफुहरु ढुक्क रहेको कम्पनिले जनाएको छ ।

United cements