

कास्की । पोखराका पर्यटन व्यवसायीहरुले सरकारले खोपको व्यवस्था गरेर नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।
कोरोना महामारीको यो संकटको अवस्थामा राज्यको पहिलो दायित्व नागरिकको जीऊ ज्यानको रक्षा गर्ने भएकाले सरकारको ध्यान जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने पोखरा क्षेत्रका पर्यटन व्यवसायीहरुले माग गरेका हुन् ।
नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरिकको स्वास्थ्यप्रति गम्भिर नहुनु, स्वास्थ्य सामग्री र औषधि ल्याउने जिम्मा पाएकाहरुले आर्थिक लाभ मात्र सोच्नु, खोप खरीद गर्ने प्रक्रियामा अग्रसरता नदेखाउने जस्ता कतिपय क्रियाकलापले आमनागरिकमा उदासिनता छाएको पोखरा पर्यटन परिषदले जनाएको छ ।
परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारको मौनताप्रति प्रश्न गरिएको छ । सरकारलाई खोप उत्पादक कम्पनी र मुलुकसँग कुटनीतिक पहल गरेर यथा सक्य छिटो खोप उपलब्ध गराउन तर्फ सरकारको ध्यानकार्षण गराइएको परिषदका अध्यक्ष भट्टराईले बताउनुभयो ।
महामारीले पर्यटन क्षेत्रलाई प्रत्यक्ष र दीर्घकालिन असर गर्ने निश्चित भएकोले पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप अनिवार्य लगाउन आवश्यक भएको परिषदले जनाएको छ । पर्यटन क्षेत्र सुरक्षित नभएसम्म देशको अर्थतन्त्र कमजोर हुँदै जाने भट्टराईको भनाइ छ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७