

सिमकोट । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभर सहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो ।
निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ ।
हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्री समेत ठप्प भएको छ । नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका छन् ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७