

तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
गुरुङ घर नफर्किएपछि सोमबारदेखि आफन्तका साथमा खोजी गरे पनि भेट्टाउन नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयो । वर्षायाम भएकाले नदीले बगायो कि भनेर खोजी गर्दै जाँदा नदी किनारमा निजले लगाएको चप्पल, कपडा, माछा मारेर राख्ने भाँडोलगायतका सामग्री भेट्टिएकाले बगाएको आशंका गरिएको उहाँले बताउनुभयो । मुग्लिनबाट करिब पाँच किलोमिटर दूरीसम्म खोजी गरिए पनि फेला पार्न नसकिएको र मातहतका प्रहरी कार्यालयमा पनि यस विषयमा जानकारी गराइएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७