

लमजुङ । जिल्लाको राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्र्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनु भयो । उहाँका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते हुनुभएको छ । उहाँहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर चालक छोरा रहेका थिए । प्रहरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृत्यु भएको थियो । छोराको हातमा चोट लागेको छ । शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७