TRENDING
होमपेज
जीप दुर्घटना, दुईको मृत्यु


दुल्लु । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नं को जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार जीप आज बिहान दुर्घटनामा परेको हो । ब्रेक फेल भई जीप कर्णाली राजमार्गबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना जुम्लाको गुटिचौर गाउँपालिका–४ का जीप चालक ३८ वर्षीय रामहरि न्यौपाने र गुटिचौर–२ की २७ वर्षीया लक्ष्मी न्यौपानेको मृत्यु भएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार जीपमा दुईजना मात्र सवार रहेका थिए ।
निषेधाज्ञाको बेला सो जीप कुन प्रक्रियाका लागि सुर्खेत जाँदै थियो भन्नेबारे जुम्लासँग समन्वय भइरहेको श्रेष्ठले बताउनुभयो ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
साउन ३०, २०७९
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैशाख १५, २०७९
बैतडीमा कोरोना संक्रमण शून्य
चैत्र ४, २०७८
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
फाल्गुन २१, २०७८
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७