

बाग्लुङ । भोलि अर्थात आईतबारदेखि बागलुङ नगरपालिका भित्र गुड्ने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ ।
जिल्ला कोभिड संकट सुरक्षा समितिको निर्णय तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको निर्देशनानुसार आईतबार बिहान ६ बजेदेखि लागु हुने गरि बागलुङ नगरपालिकामा यात्रुबाहक, निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिनेछ । उक्त नियम बैशाख २४ गते राति १२ बजेसम्म लागु हुने बताईएको छ ।
एम्बुलेन्स, दमकल, खाद्य सामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामाग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेका सवारी साधनहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधनहरुको लागि भने जोर बिजोर प्रणाली लागु हुने छैन ।
आदेशको अवज्ञा गरे स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० एवं अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने बताईएको छ । बागलुङ नगरपालिकाका तीनवटा वडामा गत बैशाख १७ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । न. १२, १३ र १४ यहि बैशाख २४ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको छ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७