TRENDING

९५ हजार ४०६ कित्ता शेयर बिक्री गर्दै एनसीसी बैंक, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंक (एनसीसी) ले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको ९५ हजार ४०६ कित्ता शेयर बिक्री गर्न लागेको एक सूचना मार्फत जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई नै दिनुपर्ने भएकाले इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको ३५ दिनभित्र बैंकमा सम्र्पक गर्न सक्नेछन् ।

उक्त समयभित्र आवेदन नपरेमा अन्य खरीदकर्ताका लागि बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले बताएको छ ।

एनसीसी बैंक