

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्र विकासको साझेदार बन्न तयार रहेको बताउनुभएको छ ।
अध्ययन अवलोकन भ्रमणको क्रममा पोखरा आएको नवलपुरको देवचुली उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँग आज आयोजित अन्तरक्रियामा उहाँले देशव्यापी सञ्जाल रहेको निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि नगर्न तीनवटै तहका सरकारसँग आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घ स्थापना कालदेखि नै पोखराको विकास साझेदार भएको उल्लेख गर्दै उहाँले व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गर्न कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिनुभयो । नवलपुरको समृृद्धिसँग सिङ्गो गण्डकीको समृद्धि जोडिएको उल्लेख गर्दै अध्यक्ष कोइरालाले उक्त क्षेत्रको विकासलाई गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमलाल सापकोटाले गण्डकीको कान्छो जिल्ला नवलपुरको विकासका लागि विभिन्न आश्वासन आए पनि कार्यान्वयन पक्ष कमजोर रहेको गुनासो गर्नुभयो । देवचुली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सत्यनारायण भुषालले उद्योग वाणिज्य सङ्घबीच भाइचाराको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति, उपमहासचिव केशवबहादुर खत्रीलगायतले कोभिड–१९ को प्रकोप र बन्दाबन्दीको समयमा पनि राज्यलाई कर तिरेको स्मरण गर्दै व्यवसाय धरासायी भएका समयमा राज्यले व्यवसायीलाई सघाउनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७