TRENDING

फेरि बजारमा थपियो १ करोड ४८ लाखभन्दा बढी कित्ता शेयर, कहिले होला त कारोबार ?

काठमाडौं । गत मंगलवार अर्थात चैत ३१ गतेदेखि यता शेयर बजारमा झण्डै डेढ करोड कित्ता शेयर थपिएको छ । विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुको १ करोड ४८ लाख २३ हजार ९५२ कित्ता शेयर थपिएको हो ।

चैत ३१ गते आइतवार नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सिभिल बैंकको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता र गत मंगलबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३९ लाख २१ हजार २४१ कित्ता बोनस शेयर सूचीकृत भएको थियो ।

त्यसैगरि नेपाल इन्भेष्टमेण्ट बैंकको ८ दशमलव ५ प्रतिशत नेपाल इन्भेष्टमेण्ट बैंक वण्ड २०८४ नामक ४० लाख कित्ता ऋणपत्र र मञ्जुश्री फाइनान्स लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

शेयर सूचीकृत