

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा आधुनिक शैलीको योग भवन निर्माणको कार्य शुरु गरिएको छ । नगरपालिकाको लगानीमा सिद्धबैजनाथ वृद्ध मिलन केन्द्र तथा योग भवन निर्माणको कार्य शुरु गरिएको हो ।
एकैसाथ १०० जनाभन्दा बढीले योग गर्न मिल्ने भवन निर्माणका लागि कार्य अगाडि बढाइएको छ । भवनमा योगा हलसहित कार्यालय कक्ष, शौचालय, स्नानघर निर्माणको कार्य भइरहेको नगरपालिकाका इञ्जिनीयर दीपक धामीले बताउनुभयो । नगरपालिकाले योग भवन निर्माणका लागि रु १० लाख रकम खर्च गरी फाउन्डेसनको कार्य पूरा गरेको छ । आगामी आवमा भवन निर्माणका लागि थप बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउने योजना अघि सारिएको छ ।
योगा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु ६० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । भवन निर्माणका लागि स्थानीयवासीले तीन कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् । निर्माण कार्य शुरु भएको योगा भवनको अवलोकन गर्दै नगर उपप्रमुख तुलसीदेवी हमालले स्वस्थ समाज निर्माणका लागि नगरपालिकाले कार्य अगाडि बढाएको बताउनुभयो । भवन निर्माण पूरा गर्नका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भवन निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासीले योगाबाट लाभ लिन सक्ने बताउनुभयो ।
यसैगरी सोही स्थान नजिकै जोडिएको सिद्धनाथ मन्दिर नजिकै नगरपालिकाकै रु पाँच लाखको लगानीमा सत्सङ्ग भवन निर्माण गरिएको छ । भक्तजनलाई भजनकीर्तनसँगै सत्सङ्गका कार्यक्रम सञ्चालन गर्नका लागि भवन निर्माण गरिएको हो । मन्दिरकै संरक्षणमा रहेको प्राकृतिक तालको संरक्षण गर्नका लागि नगरपालिकाले योजना बनाउनुपर्ने स्थानीय बासिन्दाको भनाइ छ । “तालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको छ”, स्थानीयवासी केदारी रानाले भन्नुभयो, “यसको संरक्षणका लागि नगरपालिकाले चासो दिनुपर्ने देखिन्छ ।”
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
मतदाता शिक्षाका लागि नमूना मतदान
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७