TRENDING
होमपेज
युवकको भिरबाट खसेर मृत्यु


पर्वत । घाँस काट्न जाने क्रममा भिरबाट लडेर पर्वतको जलजला गाउँपालिका–७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् । गाउँदेखि केहीपर वडा नं ७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
भिरबाट लडेपछि उनी करिब २०० मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
अशोज २६, २०७९
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७