TRENDING

तीन कम्पनीको २ करोड ८४ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको पौने ३ करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा तीन बैंक तथा वित्तिय संस्थाको दुई करोड ८४ लाख ८२ हजार ६५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई बैंकको २ करोड ६५ लाख ६६ हजार २३१ दशमलदव ८ कित्ता बोनस शेयर, लुम्बिनी विकास बैंकको १९ लाख १ हजार ४१८ दशमलव २१ कित्ता र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको १५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

शेयर सूचीकृत