TRENDING

यति धेरै संख्यामा बहराइनले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

काठमाडौं । बैदेशिक रोजगारी जान चाहने नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ ।

बहराइनको अरिना कन्ट्याक्टर ग्रुप कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कम्पनी वर्कर, ड्राइभर र ह्याभि ड्राइभरका लागि १७५ जना पुरुष कामदारको माग गरेको हो ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३१ हजार देखि ४६ हजार बढि सम्म पानेछन् । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुकले ब्लुमुन ओभरसिज नेपाल प्रा लि को कार्यालय चाबहिल काठमाडौंमा फागुन २६ गते अन्तर्वार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।