

बागलुङ। बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।
गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार भएसँगै सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेका हुन् । जिल्लाभर पाँच स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छन् । तीमध्ये सदरमुकामस्थित धौलागिरि अस्पतालमा सबैभन्दा बढी सुरक्षित गर्भपतन हुने गरेका छन् । सदरमुकाम र जिल्लाको सुदूरपश्चिममा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै अनिच्छित गर्भ रहेका महिला गर्भपतनका लागि पुग्ने गरेका छन् ।
चालू आर्थिक वर्षको हालसम्म धौलागिरि अस्पतालमा १६५ महिलाले सुरक्षित गर्भपतन गराएको तथ्याङ्क छ । अस्पतालका नर्सिङ निरीक्षक मिलन बडूवालले कोरोना भाइरसको महामारी फैलिनु भन्दा पहिले हरेक महिना ५० महिला गर्भपतनका लागि आउने गरेको भए पनि पछिल्लो समयमा भने ३०÷३५ जना मात्र आउने गरेको बताउनुभयो । गत वर्ष अस्पतालबाट ६०० महिलाले गर्भपतन गराएका थिए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चालू वर्षको हालसम्म ९९ महिलाले सुरक्षित गर्भपतन गराएको डा मिलन मल्लले जानकारी दिनुभभयो । बाह्र हप्ता सम्मको सुरक्षित गर्भपतन बुर्तिबाङमै गराए पनि त्यो भन्दा माथिको लागि धौलागिरि अस्पताल बागलुङमा रिफर गर्ने गरेको उहाँले बताउनु भयो ।
गर्भपतन गराउन आउने महिलाको सम्पूर्ण स्वास्थ्य जाँच गरी पाठेघर, बच्चाको अवस्था र गर्भवती महिलालाई जोखिमको अवस्था अध्यायन गरेर मात्र गर्भपतन गराउने गरेको उहाँको भनाइ छ । गर्भपतन गराउनेको परिचय सुरक्षित रहने भएकाले पनि इच्छा विपरितको गर्भपतन गर्न आउनेको सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समय शिक्षाको पहुँच र जनचेतनाका कार्यक्रमले गर्दा सन्तानको रहर पुगेका तर स्थायी बन्ध्याकरण नगराएका दम्पति गर्भपतनका लागि धेरै आउने गरेका छन् ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७