

बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्ता देखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षण सहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहने जस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनुभयो । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन् ।
एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभए पछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो । दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताउनु भयो ।
साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिन सम्म बन्द गरिएको थियो । उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताउनु भयो ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
मतदाता शिक्षाका लागि नमूना मतदान
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७