दमौली । तनहुँमा तीन दिनका अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत ती स्वास्थ्यकर्मीले खोप लगाएका हुन् ।
शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ ले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय ९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यही माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।
उहाँका अनुसार व्यास नगरपालिका ५ सय ५८, शुक्लागण्डकी नगरपािलका २ सय ६७, भीमाद नगरपालिका १ सय ७७, भानु नगरपालिका १ सय ७१, म्याग्दे गाउँपालिका ८२, ऋषिङ गाउँपालिकाका ९८,घिरिङ गाउँपालिका ६१, आँबुखैरेनी गाउँपालिका ७३, बन्दीपुर गाउँपालिका १ सय ५ र देवघाट गाउँपालिका ८७ लाई खोप लगाइँदैछ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
हावा हुरी सहित वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८