

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महान् शहीदको त्याग र बलिदानको उच्च सम्मान गर्दै उनीहरुले देखाएको बाटोमा अघि बढ्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनु भएको छ । शहीद दिवस २०७७ का अवसरमा आज प्रकाशित शुभकामना सन्देश मार्फत उहाँले देश र जनताका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
जहानीयाँ राणा शासनको क्रुर काल खण्डमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशको लागि आहूति दिने चार महान शहीद सहित तथा प्रजातन्त्र पुनःस्थापना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्नुहुने वीर सपूत सधैँ मुलुकका पथप्रदर्शक र आदर्श व्यक्तित्वका रुपमा रहिरहनु हुनेछ शुभकामना सन्देशमा उल्लेख छ ।
संविधानको मर्म र भावनाअनुरुप सहअस्तित्व, सहकार्य र समन्वयको सिद्धान्त बमोजिम तीनै तहका सरकार बीचको सम्बन्धलाई प्रगाढ बनाउँदै शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त उपलब्धिबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमात्र शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको समृद्धिको लागि सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यस दिनले हामी सम्पूर्ण नेपालीलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७