

कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।
“चिकित्सक तथा स्वास्थ्यकर्मी पश्चात दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतका लागि खोप मगाउँछौँ”, उहाँले भन्नुभयो, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो खोप सबैले लगाउनुपर्छ ।”
उहाँका अनुसार स्वास्थ्य तथा सङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन खोप अभियानको संयोजक तोकिसकेको छ । उहाँले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने जनाइएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशमा खोप लगाउन पूर्वतयारीको काम थालिएको र छिट्टै स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम यसलाई अघि बढाइने बताउनुभयो ।
–––
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७