

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हँुदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राख्नुभयो ।
“हाम्रो आग्रह संसद् पुनःस्थापनाका लागि हो”, कोइरालाले भन्नुभयो, “पहिलो प्राथमिकता संसद् पुनःस्थापना हु्नुपर्छ भन्ने हो ।” त्यसैगरी पार्टी महाधिवेशन क्रियाशिल सदस्यताको नामावली सङ्कलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितीले गर्दा समयमा हुन नसकेको उहाँले बताउनुभयो ।
“जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशिलको नामावली अझै आउन सकेको छैन”, उहाँले भन्नुभयो, “समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो ।” मातृशोकमा रहेका नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा कोइरालासहितका केन्द्रीय नेताहरुको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो ।
सुदुरपश्चिम प्रदेशबाट थप समाचार
व्यवसायिक स्याउ खेतीबाट वार्षिक पाँच लाख आम्दानी गर्दै बझाङका किसान
डोटीमा गएको भूकम्पमा परि ६ जनाको मृत्यू, ५ जना घाइते
मतदाता शिक्षाका लागि नमूना मतदान
नवलपुरमा बस दुर्घटना, २३ जना घाइते
गठबन्धनविरुद्ध जित निकाल्न एमालेलाई सकस
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७