

लमजुङ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ६३ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।
स्वास्थ्य बीमा बोर्ड काठमाडौँले बेँसीशहर नगरपालिका वडा नं ७ मा आयोजना गरेको स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभयो । उहाँले तत्कालीन संविधानसभा सदस्य जमीन्द्रमान घलेलाई स्वास्थ्य बीमा सदस्यता प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । मुख्यमन्त्री गुरुङले प्रदेशमा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने काम गर्दै आइरहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहँुच पु¥याउनका लागि प्रदेश सरकारले करौडौँ लगानी गरिरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम एकदम महत्वपूर्ण कुरा रहेको र यो ख्यालठट्टाको कुरा होइन, यस्तै–यस्तै कार्यक्रम र अभियानले नै सरकारले लिएको सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने लक्ष्य पूरा हुनेछ ।”
गण्डकी प्रदेशभरि पाँच लाख ७८ हजार घरधुरी रहेका र यी सबै घरमा पाँच वर्षभित्र स्वास्थ्य बीमा पु¥याउने लक्ष्य राखिएको छ । प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बीमालाई प्रचारप्रसार गर्दै जनतासामु पु¥याउन सबै लाग्नुपर्ने बताउनुभयो । शुरुआतमा बीमा गर्ने र पछि नवीकरण नगर्ने परिपाटीसमेत धेरै रहेकाले सबैलाई स्वास्थ्य बीमाको बारेमा बुझाउँदै नवीकरण गराएर स्वास्थ्यको पहुँचमा सबै नागरिकलाई ल्याउनुपर्ने उहाँको भनाइ छ ।
बोर्ड सदस्य चन्द्र थापाले तीन वर्षभित्र नेपालको सबै नागरिकलाई स्वास्थ्य बीमा गराउने लक्ष्यका साथ बोर्ड अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालभरि हालसम्म ३१ लाख बढी नागरिकलाई स्वास्थ्य बीमामा समेटिसकेको र छ लाख घरधुरीको बीमा भएको छ । कूल ५६ लाख घरधुरी रहेको र सबै घरमा स्वास्थ्य बीमा पु¥याउने लक्ष्य रहेको छ । ”
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीलगायतले स्वास्थ्य बीमा गर्नलाई आग्रह गर्नुभएको थियो । बोर्डका गण्डकी प्रदेश संयोजक जीबलाल खरेलले पाँच जना सदस्यसम्म भएका परिवारले रु तीन हजार ५०० तिरेर बीमा गर्न सक्ने र सो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ७०० थप हुने बताउनुभयो । त्यस्तै पाँचभन्दा कम भएका परिवारले रु एक लाख बराबर र सो भन्दा बढी १० जनाका परिवारले रु दुई लाखसम्मको निःशुल्क उपचार उहाँले जानकारी दिनुभयो ।
बीमा कार्यक्रमका लागि जिल्लाको आठवटै स्थानीय तहको प्रत्येक वडाबाट एक–एक जना छनोट गरी ७५ जना दर्ता सहयोगी व्यक्तिलाई तालिम दिएर विहीबारदेखि सबै घरघरमा खटाउन लागिएको छ । जिल्ला अस्पताल, सुन्दरबजार अस्पताल, गौडा प्राथमिक स्वास्थ्य केन्द्र र चन्द्रेश्वार प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवा उपलब्ध हुने भएको छ । त्यस्तै यस प्रदेशको ११ जिल्लामध्ये पूर्वी नवलपारासी, मनाङ र मुस्ताङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन बाँकी रहेको छ । यस प्रदेशमा विसं २०७३ असार १५ गते बाग्लुङ जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको थियो ।
हालसम्म चार लाख ६० हजार जनाको बीमा भइसकेको छ । यीमध्ये ६१ ज्येष्ठ नागरिक, गरिब बागलुङ, गोरख र तनुहँमा पहिचान भएका छ हजार ८९२ घरपरिवार र अतिअशक्त रातो कार्ड प्राप्त गरेका अपाङ्गता भएका ६७९ घरपरिवारको निःशुल्क बीमा भएको प्रदेश बोर्डका संयोजक खरेल जानकारी दिनुभयो । बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले सबै जिल्लामा आगामी चैतसम्म बीमा कार्यक्रम कार्यन्वयन हुने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७