

सिमकोट । हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना सङ्क्रमितको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टर मार्फत उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका ल्याब असिस्टेण्ट बलिराज भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौँमा रहेको स्टार अस्पतालबाट दुई जना डाक्टरको टोली हुम्ला पुगेर सङ्क्रमित पुरुषको उद्धार गरीएको हो । कोरोना सङ्क्रमितको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडाँै रेफर गर्नुका साथै हुम्लाबाट हेलिकप्टरमा काठमाडौँ लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिनुभयो । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोवार ठप्प भएको बैंकले जानकारी दिएको छ । अर्का कोरोना सङ्क्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७