

काठमाडौं । वि.सं २०७१ देखि त्रिपालमुनि बस्दै आएका सुर्खेतका बाढीपीडितले बल्ल पक्की घर पाएका छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा यहाँका सात स्थानीय तहमा गरी हालसम्म ५३१ घरधुरीका लागि आवास निर्माण गरिएको हो ।
आवास निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रतिपरिवार रु तीन लाखका दरले बाढीपीडितलाई तीन किस्तामा रकम उपलब्ध गराएको थियो । विसं २०७६ चैत २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बाढीपीडितलाई प्रतिपरिवार रु तीन लाखका दरले आवास निर्माणबापत रकम दिने निर्णय गरेको थियो ।
मन्त्रालयका अनुसार वीरेन्द्रनगरमा २३३, लेकबेँसी नगरपालिकामा १२, बराहताल गाउँपालिकामा ४४, भेरीगङ्गा नरगपालिकामा १६०, गुर्भाकोट नगरपालिकामा ३३, पञ्चपुरी नगरपालिकामा ८४ र चौकुने गाउँपालिकामा छ परिवारले नयाँ आवास पाएका छन् । स्थानीय तहले पहिलो किस्तावापत रु एक लाख ५० हजार, दोस्रो किस्ता रु एक लाख र आवास निर्माणको प्राविधिक रिर्पोटका आधारमा अन्तिम किस्ता रु ५० हजार भुक्तानी गरिएको थियो ।
वीरेन्द्रनगर नगरपालिकाका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले पहिलो किस्ता लिएर सम्झौताबमोजिम काम नगर्नेलाई बाँकी रकम भुक्तानी नगरिएको बताउनुभयो । वीरेन्द्रनगरमा ३२४ बाढीपीडित रहेको तथ्याङ्क छ ।
बाढीपीडितको आवास निर्माणका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक वर्षमा रु चार करोड ९५ लाख रकम स्थानीय तहलाई उपलब्ध गराएको थियो । मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण रोकायले ५९१ परिवारलाई अन्तिम किस्ता रु ५० हजारका दरले र जमिन नभएका ७९ परिवारलाई रु एक लाख ५० हजारका दरले रकम निकासा गरेको जानकारी दिनुभयो ।
वि.सं २०७१ साउन २८ र २९ गते भेरी नदीसहित यहाँका विभिन्न खोलानालामा आएको भीषण बाढीबाट ११५ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढी परिवार विस्थापित भएका थिए ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७