TRENDING
होमपेज
कालीगण्डकी किनारमा महिलाको शव फेला


काठमाडौं । कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेको टोलीले शव उठाएको छ । शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभयो ।
शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ । कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताउनुभयो ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
अशोज २६, २०७९
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७