

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कर्मचारीको अभाव रहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लले कर्णालीका पत्रकारसँगको भेटघाटमा कार्यक्रममा आज कर्मचारी अभावले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताउनुभएको हो ।
“हामीसँग छ जना उपसचिवको दरबन्दीमा एक जना उपसचिव मात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अधिकृतलगायतका अन्य कर्मचारीको पनि त्यस्तै अभाव छ, जसका कारण धेरै काम रोकिएका छन् ।”
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत कर्णालीमा भएका कर्मचारी अभावको समस्या समाधानका लागि कर्णाली प्रदेश लोकसेवा आयोग गठन गरी तत्काल विज्ञापन खोल्ने कार्य अगाडि बढाउने तयारीमा सरकार लागेको मल्लले जनाउनुभयो ।
सरकारले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई समेत अघि बढाएको जनाउँदै उहाँले सरकार र सरोकारवाला सबै पक्षसँग समन्वयको भूमिकालाई प्रभावकारी बनाएर लैजाने बताउनुभयो ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैतडीमा कोरोना संक्रमण शून्य
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७