TRENDING
होमपेज
किसानका बारीमा कृषिमन्त्री केसी


काठमाडौं । कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गर्नुभएको छ । यसक्रममा उहाँले हालै नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गर्नुभयो । सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गर्नुभयो ।
किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले किसानलाई व्यावसायिक बन्न आग्रह गर्नुभयो । सो अवसरमा रासससँग कुरा गदै उहाँले कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैंक मार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिनुभयो । न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशबाट थप समाचार
लागुऔषध सहित दम्पती पक्राउ
साउन ३०, २०७९
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
बैशाख १५, २०७९
बैतडीमा कोरोना संक्रमण शून्य
चैत्र ४, २०७८
कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान
फाल्गुन २१, २०७८
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७