TRENDING

डोटीमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ

डोटी– डोटीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।३ जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका(७ का वडाकासचिव मन्जु त्रिपाठी, उनकी सासू आमा र केआई सिंह गाउँपालिकाका ४० वर्षीय हरि नारायण भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।

डोटीको दिपायलबाट बोगटान फुड्सिलका लागि छुटेको म १ च ५५० नम्बरको जीप बउखेल्ले भन्ने ठाउँमा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका ३० वर्षीय कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका १९ बाँगफाटाका २८ वर्षीय हेमन्त भट्ट र डोटी बोगटान ७ की ४० वर्षीया खेमादेवी गिरीलाई उपचारका लागि दिपायल पठाइएको प्रहरीले जनाएको छ ।