TRENDING

अमेरीका घुम्न जानेका लागि अमेरीकाले बनायो यस्तो नियम, नेपालीलाई भने छुट !!

एजेन्सी । अमेरीकामा भिजिटर भिसा लिएर जानेहरुले १५ हजार अमेरीकि डलरसम्म धरौटी रकम राख्नुपर्ने भएको छ । डिसेम्बर २४ देखि शुरु हुने यो नियम २०२१ जुन २४ सम्म लागु हुने भएको छ ।

ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकका लागि ५ हजार देखि १५ हजार डलर सम्म धरौटी राख्नुपर्ने हुनसक्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । भिसा कन्सुलरलाई यो मानिस फर्कन्छ वा फर्कदैंन भन्ने आशंका लागेको आधारमा धरौटी रकमको विकल्प समेत दिइन सक्ने बताइएको छ । भिसा रकम कति राख्ने ?,राख्ने / नराख्ने सम्पूर्ण अधिकार भने भिसा कन्सुलरमा नै निहित रहने छ ।

तोकिएको समयभित्र भिजिटर आफ्नु देश नफर्केमा धरौटी रकम डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र आइसले लिने उल्लेख छ । नेपालीहरुको हकमा भने यो नियम लागु नहुने भएको छ । ओभरस्टे दर १० प्रतिशत भन्दा बढी भएका देशका नागरिकको लागि मात्र यो नियम लागु हुने जनाइएको छ । नेपालीहरुको ओभरस्टे दर ३ दशमलब ३८ प्रतिशत रहेको कारण यो नियम नेपालीको हकमा लागु नहुने भएको हो ।

२०१९ मा अमेरीका जाने २७ हजार ९६ जना भिजिटर नेपालीहरुमध्ये ९१६ जना ओभरस्टे गरेका थिए । त्यसमध्ये २४२ जनाले ओभरस्टे पछि नेपाल फर्किए भने ६ सय ७४ जना ओभरस्टे मै रहेका बताइएको छ ।