

पोखरा । स्याङ्जा पुतली बजार घर भई हाल पोखरा बुद्धचोक बस्ने एक ६२ वर्षिय महिलाको अस्पतालले भर्ना नलिएकै कारण मृत्यु भएको छ । स्वास्थ्य उपचारका लागि नै पोखरामा डेरा लिएर बसेका मृतक धनमाया गुरुङ र नीजका श्रीमानले पोखराका ६ वटा अस्पताल चाहार्दा समेत भर्ना नपाएपछि धनमायाको ट्याक्सिमै प्राण गएको हो ।
धनमाया दमको रोगी थिइन् । बेलाबेलामा दम बढिरहन्थ्यो भने नीजका श्रीमान नशाका बिमारी थिए । दुवैजनाको स्वास्थ्य समस्याका कारणले गर्दा नै उनीहरु राम्रो हस्पिटलहरु भएकै ठाउँमा डेरागरी बसेका थिए । बिहिबार साँझ धनमायालाई दम बढेर एक्कासी श्वासप्रश्वासमा समस्या देखिएको थियो । छोरी घरमा नभएकाले छिमेकिहरुको सहयोगमा ट्याक्सि लिएर धनमायाले उपचार गर्न गइरहने पोखरा सिर्जनाचोकको मेट्रोसिटी अस्पताल पुगे । श्वासप्रश्वासमा समस्याको बिमारी भन्ने बित्तिकै कोरोना हुनसक्ने आशंकामा अस्पतालले भर्ना लिन मानेन र बेड नभएको भन्दै गेटबाटै फर्काइदियो । ट्याक्सि नयाँबजारस्थित गण्डकी मेडिकल कलेज तिर हुइँकियो तर चरकमा पनि बेड खाली नभएको भनेपछि पुनः अर्काे अस्पताल चरक मेमोरियल पुर्याइयो । तर उक्त हस्पीटलले पनि सोही बहाना बनायो, भर्ना लिएन । बिरामीलाई निकै गाह्रो भइरहेको थियो , नजिकै रहेको फेवासिटी हस्पिटलमा गुहार्दा त्यहाँ पनि उपचार नगर्ने जवाफ मिल्यो । चिन्तित छिमेकिले उनलाई पालिखेचोकस्थित फिस्टेल अस्पताल पुर्याए । फिस्टेलले पनि बिरामीको अवस्था बारे सोधखोज गरी भर्ना लिन मानेन । त्यसपछि ट्याक्सि उनलाई लिएर मणिपाल अस्पताल पुग्यो ।
मणिपाल शिक्षण अस्पताल पुग्दा १० बजिसकेको थियो । साँझ ७ बजेदेखि हस्पिटल खोज्दा कतै नपाएको भनेपछि हस्पिटलले तत्कालै रु.१ लाख २५ हजार धरौटि रकम जम्मा गरेमा भर्ना लिने बतायो । भनेजति रकम जम्मा गर्छाैं , पहिले बिरामीको उपचार शुरु गर्नुस् भन्दा हस्पिटलले मानेन । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्तिसँग उपचार रकमको अभाव त थिएन तर साथमा भने नभएको कारण रकम जम्मा गर्दा सम्म ढिला हुने भैसकेको थियो । सम्पूर्ण कुराहरु बताउँदै भर्ना लिन अनुरोध गर्यौं र हामी छिमेकि हौं भन्यौं तर अस्पतालले मानेन, छिमेकि महेन्द्रप्रसाद तिमिल्सिनाले बताए । ‘यस्तो अमानवीय र दिक्दार लाग्दो घटनाले मन बिक्षिप्त बनाएको थियो, रिस पनि उठेको थियो । तर, हामी के नै गर्न सक्छौं र रु’ महेन्द्रले भने ।
अस्पतालहरुले भर्ना लिन नमानेपछि महेन्द्रप्रसादले केही हुन्छ कि भनेर प्रशासनलाई गुहारे । सीडीओको फोन उठेन, जिल्ला प्रहरी अधिकारीले शान्ति सुरक्षाको विषय नभएकाले अस्पतालले भर्ना नलिएकोबारे केही गर्न नसक्ने बताए । रात छिप्पिँदै गइसकेको थियो । तत्काल सवा लाख धरौटी जम्मा गर्ने अवस्था थिएन । छिमकीहरु अस्पतालको खोजीमा मणिपालबाट बाहिरिँदै गर्दा धनमायाले ट्याक्सीमै प्राण त्यागिन् । स्वास्थ्य उपचार गर्न सजिलो होस् भनेरै पोखरामा कोठा भाडा लिएर बसेकी धनमायाले उपचार नपाएरै ज्यान गुमाउनु पर्यो । मृत्यूपश्चात् भने अस्पतालले कोभिड परिक्षण गरेर मात्र अन्तिम संस्कार गर्न सुझाएको थियो ,तर हामीले जिउँदो हँुदा परिक्षण नपाएपछि मृत्यूपश्चात् परिक्षण नगराउने बतायौं , छोरी दियाले भनिन् , हस्पिटलको लापरबाहि र वेवास्ताकै कारण आमाले ज्यान गुमाउनुपर्यो । पैसाको कुनै समस्या नभएर पनि उपचार पाउन सकेनौं , उनले बताइन् । धनमायाहरुले उपचार नपाएर मृत्युवरण गर्नु परेको बेला प्रदेश स्वास्थ्य निर्देशनालयले भने बेडको हिसाब गरेर बसेको छ ।
उसका अनुसार कोभिड–१९ को उपचारका लागि गण्डकी प्रदेशमा ११७ आईसीयू र ५० भेन्टिलेटर तथ्यांक छ । त्यसमध्ये पोखराबाहिर जम्मा १५ आईसीयू र ९ भेन्टिलेटर पोखराबाहिरका हुन् । तर कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएकी धनमाया आईसीयू त टाढाको कुरा अस्पतालमा भर्नासमेत पाउन सकिनन् ।
यसले कोरोनाका संक्रमित वा सम्भावित संक्रमितले उपचार पाउन कति कठिन छ भन्ने देखाएको छ । उपचार गर्न नेतादेखि मन्त्रीसम्मको भनसुन चाहिने अवस्था रहेको एक चिकित्सकले सुनाए । केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का एक नेतालाई कोरोनाको लक्षण देखिएको थियो ।
संघीय सांसदले फोन गरेर भनसुन गर्नुका साथै राति नै धरौटी बझाएपछि मात्र बेड पाएको एक कार्यकर्ताले बताए । ‘सर्वसाधारण गम्भीर बिरामी भए उपचार नपाएरै मर्नुपर्ने अवस्था छ’ उनले भने, ‘बेड पाउनै भनसुन गर्नुपर्छ । गम्भीर खालका कोभिड बिरामी र अन्य बिरामीलाई निजी अस्पतालले पनि लिन मान्दैन ।’
केन्द्र सरकारले उपचारबाट हात झिक्नु तथा प्रदेश र स्थानीय सरकारले समन्वय गर्ने संयन्त्र नबनाउँदा पनि यो अवस्था आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टर बताउँछन् । प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले भने निजी अस्पतालले बिरामी लिन्न भन्न नपाउने दाबी गरे । तर त्यस्तो घटनामा समन्वय गर्नेबाहेक अधिकार आफूसँग नभएको भन्दै निरिहता देखाए ।
गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले निजी अस्पतालसँग सम्झौता गर्ने र बिरामीको भर्ना, उपचार कसरी गर्ने भन्नेबारे छलफल भइरहेको औपचारिक जवाफ दिइन् ।
गण्डकी प्रदेशबाट थप समाचार
प्रदेशसभा सदस्यमा मनाङबाट दीपक मनाङे निर्विरोध निर्वाचित
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७