TRENDING

दुई वटा हस्पिटलको दुई थरी मात्र नभई पिसिआर रिपोर्ट नै नक्कली

विदेश जाने यात्रुहरुले गरेको पिसिआर टेष्टको रिपोर्ट नेपालमा नेगेटिभ र विदेश पुग्नेबित्तकै पोजेटिभ हुने गरेको खुलाशा भएको छ । नेपालका नाम चलेका हस्पिटलहरुले दिएको रिपार्टमा यस्तो समस्या देखा परेपछि छानबिनको प्रक्रिया चलिरहेको छ ।

यस बिचमा स्टार हस्पिटलबाट १० जना , सिडिएलबाट १ जना, सौर्या हेल्थकेयरबाट १ जना र ह्याम्स हस्पिटलबाट १ जनाको पिसिआर रिपोर्टमा समस्या देखिएको नेपाल एअरलाइन्सले सरकारलाई बुझाएको पत्रमा उल्लेख छ ।

नेपाल एअरलाइन्सले यस्तो रिपोर्टको भरमा यात्रु बोकेकै कारण विभिन्न देशहरुबाट चुनौतिको सामना गरिरहेको छ । उडान अबरुद्ध गर्ने खालको चेतावनीसँगै नेपालको छबीमा समेत यसले आँच पुर्याएको छ ।

नेपाल वायुसेवा निगमका अनुसार २ अक्टोबर २०२० मा काठमाडौं–हङकङ उडानबाट त्यहाँ पुगेका ५ जना यात्रुमा कोरोना पुष्टि भएको थियो । साथमा नेपालको नेगेटिभ रिपोर्ट बोकेका ति यात्रुहरु कोरोना संक्रमित भेटिएपछि नेपाल एयरलाइन्सलाई ४ अक्टोबरदेखि १७ अक्टोबरसम्म हङकङले उडानमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धबाट मुक्त भएलगत्तै फेरी १९ अक्टोबरमा काठमाडौं–हङकङ उडानबाट त्यहाँ पुगेका ९ यात्रुमा कोरोना देखियो । त्यसपछि पनि हङकङको नागरिक उड्डयन विभागले २२ अक्टोबरबाट ४ नोभेम्बरसम्म नेपाल एयरलाइन्सलाई उडानमा पूर्ण प्रतिबन्ध लगायो ।

बिचमा १ साताका लागि उडान भरेको नेपाल एअरलाइन्स अहिले पुनः १२ नोभेम्बर देखि २५ नोभेम्बर सम्मको लागि प्रतिबन्धमा परेको छ । नेपालबाट युनाइटेड अरब इमिरेट्स् दुबई जाने यात्रुहरुमा पनि कोरोना संक्रमण भएको पाइएको भन्दै यूएई सरकारले नीगमलाई सचेत गराएको छ ।

यतिमात्र होइन जापानका लागि भरेको उडानका यात्रुहरुमा समेत कोरोना सक्रमण पुष्टि भएको भन्दे जापान सरकारले नीगमको ध्यानाकर्षँण गराएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले परिक्षण नक्कली नै हो भनेर ठोकुवा गरेर भन्न नसकेता पनि परिक्षण प्रणालीमा भने खोट रहेका कारण यसको यथाशिघ्र छानबीन गरि परिक्षण प्रणालीलाई विश्वसनिय बनाउनुपर्ने बताउनुभएको छ । नीगमले झेलेको प्रतिबन्धले नीगम ठूलो घाटामा गएको छ , यो सरकारको लागि समेत राम्रो नभएको उहाँको भनाई छ ।

पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सको समेत समस्या समेटेर अनुसन्धानका लागि २८ कात्तिकमा सीसीएमसी र स्वास्थ्य मन्त्रालयलाई चिठी लेखेको छ । सोही समस्या न्यूनीकरण गर्न नेपाल एयरलाइन्सले उठाएका विषयमा आवश्यक छानविन र कारवाहीका लागि समेत मन्त्रालयले सिफारिस गरेको छ ।

Corona