TRENDING

नेपाल प्रहरीमा ३ सय ६० कार्यालय सहयोगी पदमा जागिर खुल्यो

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेका ३ सय ६० कार्यालय सहयोगी पदका लागि दरखास्त आह्वान गरिएको छ।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।

प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली (सिन्धुली), पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।