

काठमाडौं ।अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ २४ घण्टा नपुग्दै युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लेको छ ।
झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ६० हजारले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक गरिएको यो फिल्मले युट्युब प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया समेत बटुलेको छ ।
‘आजसम्म यति राम्रो फिल्म मैले हेरेको नै थिएन, मन सम्हाल्नै सकिन र धेरै बेर रोएँ,’ एक प्रयोगकर्ताले प्रतिक्रिया छाडेका छन् ।
फिल्ममा अनमोल केसीले एक सुपरस्टार गायकको भूमिका निर्वाह गरेका छन् भने सुहाना थापा फ्यानको भूमिकामा छिन् ।
युट्युब प्रयोगकर्ताले अनमोल र सुहानाको जोडी मन परेको प्रतिक्रिया दिएका छन् । हलमा पनि सुपरहिट भएको यो फिल्मले समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाएको थिएन ।
यो समाचार तयार पार्दासम्म युट्युबमा ७ हजार ५ सयले कमेन्ट गरेका छन् भने १ लाखले लाइक गरेका छन् । त्यस्तै ४ हजार बढीले डिसलाइक गरेका छन् ।
सुनील कुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय छ ।
https://youtu.be/7OZC65XsLV0
भिडियोबाट थप समाचार
चाडपर्वमा घर फर्किन नपाउने लाहुरेको कथा – (भिडियो सहित)
‘प्रेम गीत ३’को नयाँ गीतको भिडियो सार्वजनिक
गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ सार्वजनिक
नागिन ६ मा नयाँ ट्वीस्ट, यसरी भयो यतिको ‘इन्ट्री’
‘लालसिंह चड्डा’ र ‘रक्षा बन्धन’ एकसाथ प्रदर्शन हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७