TRENDING

पनामामा शक्तिशाली भुकम्प

प्रवास । पनामामा आज शक्तिशाली भुकम्प गएको छ। त्यहाँको स्थानीय समय अनुसार बिहान ३ बजे गएको सो भुकम्प ६ दशमलब ७ रेक्टरस्केलको रहेको अन्तराष्ट्रिय संचार संस्थाहरुले जनाएका छन् ।

पनामा भन्दा १ सय ७ किलोमिटर पर केन्द्रबिन्दु भएर गएको सो भुकम्पको धक्का कोष्टारिका र पनामामा महसुस गरिएको थियो। भुकम्पबाट खासै क्षति भने नभएको समाचार छ ।