

काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका–६, ठूलादुर्लुङ र सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा शाखारहित बैंकिङ सेवाको शुरुआत गरेको छ । दुवै शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा सङ्ख्या ७६ पुगेको बैंकले जनाएको छ ।
बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत ग्राहकले एटिएम कार्ड प्रयोग गरी निक्षेप सङ्कलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीसमेत गर्न सक्नेछन् ।
कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा शुरु गरिएको बैंकले आज विज्ञप्तिमार्फत जनाएको छ ।
हालसम्म बैंकले १३९ शाखा, ७६ शाखारहित बैंकिङ सेवा, १२ एक्सटेन्सन काउण्टर र १६१ एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।
बैङ्किङ्गबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७