काठमाडौं । आज (शुक्रवार)देखि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्ये ५९ लाख ४० हजार कित्ता मात्र निष्कासन गर्न लागेको हो ।
कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गर्ने भएको हो ।
उक्त आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।
इन्सुरेन्सबाट थप समाचार
भारतमा लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु
मातातीर्थमा आजदेखि मेला सुरु
नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज
ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
आज बागमतीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८