काठमाडौँ । यसअघि स्थगित भएको घोराही सिमेन्टको आईपीओ निस्कासन प्रक्रिया पुनः सुरु भएको छ । यसअघि आवेदन दिइसकेका सर्वसाधारणले आज शुक्रबारदेखि कित्ता संख्या थपघट गर्न वा आवेदन रद्द गर्न सक्नेछन् ।
बिक्री प्रवन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले संयूक्त सूचना जारी गर्दै आजदेखि आईपीओ प्रक्रिया पुनः सुरु भएको जनाएका हुन् । अब सर्वसाधारणले कित्ता संख्या थपघट वा आवेदन रद्द गर्नुपरेमा आफ्नो खाता भएको बैंकमा गई असार २४ गतेभित्र लिखित अनुरोध गर्न सक्ने छन् ।
यसअघि आवेदन नदिएकाहरुले पनि बैंकमार्फत वा अनलाइन प्रणाली मेरो सेयरमार्फत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि नै आवेदन दिइसकेकाले कित्ता संख्यामा परिवर्तन गर्नु नपरेको अवस्थामा सोही आवेदन स्वीकृत हुनेछ । २४ गतेसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा असार मसान्तसम्म खुला रहने सूचनामा उल्लेख छ ।
अर्थ बाणिज्यबाट थप समाचार
शेयर बजार ८ अङ्कले बढ्यो, ३ अर्ब १५ करोड रुपैयाँको कारोबार
तोलामा दुई हजार रुपैयाँले बढ्यो सुनको भाउ
प्रभु केबुलकारले आईपीओ जारी गर्ने
सुनको भाउले आज फेरि राख्यो नयाँ रेकर्ड
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढयो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
काठमाडौंको वायु अझै स्वस्थकर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८