TRENDING

पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना

काठमाण्डौ । अहिले कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले केही ठाउँमा सामान्य बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै ठाउँ र बाँकी पहाडी भू–भागको एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।