TRENDING

प्रधानमन्त्रीले ३० फागुनमा विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही फाुगन ३० गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने समयबारे जानकारी गराएका हुन् । त्यसअनुसार संसद सचिवालयले व्यवस्थापन गर्नेछ ।

यसअघि, नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।