TRENDING

राष्ट्रिय सभा अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । बैठकमा दाहालको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहालको मत विभाजन प्रक्रियामा ५६ सांसद उपस्थित हुनुभएकोमा उहाँको पक्षमा ३९ र विपक्षमा १७ मत परेको हो ।

राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा प्रस्तुत गरिएका दुई उम्मेदवारको प्रस्तावलाई निर्णयार्थ पेस गरिँदा अध्यक्ष पदमा दाहाल निर्वाचित हुनुभएको हो । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल हुनुहुन्छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत प्राप्त गर्नुभयो । बैठकमा युवराज शर्माको पक्षमा मत विभाजन हुँदा उहाँको पक्षमा जम्मा १७ मत र विपक्षमा ३९ मत परेको थियो ।