TRENDING

सत्तापक्षको बेन्चमा बसे १५७ सांसद

काठमाडौं । सत्ता समीकरण फेरिएसँगै प्रतिनिधि सभाको बैठकमा दलहरुको आसन पनि बदलिएको छ । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेन्चमा सरेको छ भने नेकपा एमाले सत्ता पक्षको बेन्चमा ।

संसद सचिवालयका अनुसार बिहीबारको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जनता समाजवादी पार्टी ९जसपा०, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी  नाउपा सत्तापक्षको बेन्चमा बसेका छन् ।

एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना सांसद छन् ।