TRENDING

क्यानडा र नेपाल ‘ए’ ११ बीच हुने एक दिवसीयको तालिका सार्वजनिक

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल ‘ए’ र क्यानडा ११ बीच हुने खेल तालिका सार्वजनिक गरेको छ ।

क्यानडा ११ सँग नेपाल ‘ए’ ले तीन वटा एक दिवसीय क्रिकेट खेल्ने छ । तीन वटै खेल मूलपानी मैदानमा हुनेछन् ।

पर्सि आइतवार फागुन ६ गते, ८ गते र १० गते गरी तीन वटा एक दिवसीय क्रिकेट हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यो एक दिवसीय खेलका लागि नेपालले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

क्यानडाको टोली अहिले काठमाण्डौमा रहेको छ । नेपालसँग एक दिवसीय शृङ्खला खेलेको क्यानडाको टोलीले नै नेपाल ुएु सँग मैत्रीपूर्ण शृङ्खला खेल्न लागेको हो ।