TRENDING

नेपाल नामिबियासँग १ सय ३२ रनमा अल आउट

काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नामिबियालाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्यमै आउट भए । नामिबियाका गेरहार्ड इरासमसले ५ विकेट लिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो शृङ्खला आजदेखि शुरु भएको हो ।